घोडाघोडी नगरपालिका वडा नं १ कार्यालयले गर्यो ह्वीलचियर वितरण

सुखड । घोडाघोडी नगरपालिका–१ वडा कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्य योजना अन्तर्गत अति अशक्त अपांगता भएका व्यक्तिहरूलाई सहयोगस्वरूप ह्वीलचेयर वितरण गरेको छ। वडाले ४ जना अशक्त नागरिकलाई ह्वीलचेयर वितरण गरी मानवताको दृष्टिले सराहनीय कार्य सम्पन्न गरेको छ।

वडाध्यक्षको अगुवाइमा सम्पन्न यो कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा अपांगता भएका व्यक्तिहरूको उपस्थिति रहेको थियो। वडाबाट प्राप्त सहयोग पाएपछि लाभग्राहीहरू तथा उनीहरूको परिवारमा खुशीको माहोल देखिएको थियो।

वडाध्यक्षले भने, “हामीले यस वर्षको कार्य योजना अनुसार अति आवश्यक सहयोगमा प्राथमिकता दिएका छौं। यी ह्वीलचेयरहरू मार्फत दैनिक जीवन सहज बनाउन सकियो भने हाम्रो प्रयास सफल ठहरिनेछ।”

वडाको यो प्रयासले अपांगता भएका व्यक्तिहरूको आत्मसम्मान वृद्धि गर्नुका साथै उनीहरूको जीवनमा साँचो अर्थमा परिवर्तन ल्याउने विश्वास गरिएको छ। आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वमा केन्द्रित योजनाहरू सञ्चालन गर्दै जाने वडाले जनाएको छ।

सहयोग पाउँदा भावुक भएका एक लाभग्राहीका परिवारका सदस्यले भने, “वडाले हाम्रो पीडा बुझेर सहयोग गर्नु भएको छ, यसले हामीलाई धेरै ठूलो राहत मिलेको छ।”

यस कार्यले सरकारी सेवा तथा स्रोत पहुँचविहीन अवस्थामा रहेका नागरिकहरूलाई लक्षित गरेर गरिएको प्रभावकारी सामाजिक सेवाको उदाहरण प्रस्तुत गरेको छ।

Share