थुनछेक बहस नसकिएपछि रवि लामिछानेलाई पठाइयो हिरासत

चितवन । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई हिरासत पठाइएको छ । आज थुनछेक बहस नसकिएपछि रविलाई हिरासत पठाएकाे जनाएको छ ।

चितवन प्रहरीलाई अदालतले लेखेको पत्रमा ‘प्रतिवादी रवि लामिछानेको बयान कार्य सम्पन्न भई समय अभावका कारण थुनछेक कार्य नभ्याइएको हुँदा प्रतिवादीलाई फिर्ता पठाइदिनु’ भन्ने अदालतको आदेशानुसार भोलि दिनको १० बजे उपस्थित गराउने गरी सुरक्षाकर्मीको जिम्मा लगाई पठाइएको उल्लेख छ ।

Share