डोटीको बगलेकमा मिनी खप्तड पार्कको शिलान्यास

डोटी । डोटीको पूर्वीचौकीमा मिनी खप्तड पार्कको शिलान्यास गरिएको छ । पूर्वीचौकी गाउँपालिका-२ बगलेकमा सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मिनी खप्तड पार्कको शिलान्यास गरेका हुन् ।

एक औपचारिक कार्यक्रमकाबीच मिनी खप्तड पार्क निर्माण कार्यको शिलान्यास गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि प्रदेश प्रमुख मियाँ रहेका थिए । उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउँद, प्रदेशसभा सदस्य चक्र मल्ल, पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यय, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलगायतका व्यक्तित्वको सहभागिता रहेको थियो ।

गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले खप्तड राष्ट्रिय निकुञ्जको फेदीमा रहेको रमणीय स्थललाई पार्कको रुप दिएर मिनी खप्तड पार्क निर्माण गरिन लागिएको बताएका थिए । जसका लागि ३५ लाख बजेट विनियोजन भएको र गाउँपालिकाले क्रमागत रुपमा कार्यान्वयनमा लैजाने उनले बताए । धर्तीको स्वर्ग मानिएको खप्तडको फेदीमा निर्माण गरिने मिनी खप्तड पार्कले त्यहाँको रमणियतालाई झनै उजागर गर्ने उनको विश्वास थियने । उनका अनुसार केही दिनमै टेन्डर आह्वान गरी पार्क निर्माण कार्य अगाडि बढाइनेछ ।

Share