समाज विकासमा युवाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका वार्ड न ९ शिखरझालामा ‘समाज विकासमा युवाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज बुधबार सहिद दिवसको अवसर पारी जयबामगेश्वरी बूढा पुस्तक पसलको आर्थिक सहयोगमा घोडाघोडी नाइन युवा क्लबले कार्यक्रमकाे आयोजना गरेकाे हाे ।

अन्तरक्रिया कार्यक्रममा  युवाहरू पछिल्लो समयमा विभिन्न कुलतमा फसेका र त्यसबाट युवाहरूलाई मुक्त गर्न एवम् नकारात्मक क्रियाकलाप बाट  बचाई  युवा जनशक्तिलाई  सकारात्मक कार्यमा लगाउनु पर्नेमा म सिताकुण्ड मा बि का सहायक प्रअ मन रावलले जोड दिएका थियाे ।

युवाहरूले  समाजको विकासका लागि विभिन्न सङ्घ संस्थाहरू सँग सहकार्य गर्नु पर्ने कुरामा जाेड दिदैँ घोडाघोडी नगरपालिकाका युवा व्यावसायी तथा समाजसेवी एवम् अधिवक्ता डबल शाहले समुदायको विकासमा लाग्नका लागि सामुदायिक वन सँग सहकार्य गर्नु पर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा घोडाघोडी नगरपालिका वार्ड ९ का विभिन्न सङ्घ संस्था, विद्यालयका प्रतिनिधिका साथै युवा क्लबका सदस्य लगायत अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले युवाहरू परिवर्तनको संवाहक भएकाले देश तथा समाजको पूर्ण विकासका लागि उनीहरूको महत्त्वपूर्ण भूमिका रहने  बिचार व्यक्त गरेका थिए । घोडाघोडी नाइन युवा क्लबका  कोषाध्यक्ष भुमिका चौधरिको सभापतित्वमा सुरुभएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिती कैलालीका सदस्य बिर्ख बुढा, त्यस्तै बिशिष्ट अतिथिमा वार्ड ९ का अध्यक्ष हरिश चन्द्र शाहा, नगरपालिका का पुर्व कार्यपालिका सदस्य निर्मला संज्याल त्यस्तै समाजसेवी डवल शाह, बिद्यालयका प्रधानाध्यापक लगाएत अन्य विभिन्न  सामाजिक संघ संस्थाका पदाधिकारीको सहभागिता रहेको  थियो ।

Share