डोटी । डोटीको के.आई.सिंह गाउँपालिकाको एक सरकारी विद्यालयले जात किटेर दलित शिक्षकका लागि आवेदन खुला गरेको छ । के.आई.सिंह गाउँपालिका-२ लेकगडामा रहेको इन्द्र माध्यमिक विद्यालयलले दलित शिक्षकका लागि आवेदन खुला गरेको हो ।
विद्यालयले माघ १० गते विहीबार एक सूचना जारी गर्दै विज्ञापन खुला गरेको जानकारी दिएको छ । गाउँ कार्यपालिकाको गत पुस २९ गतेको निर्णयअनुसार विद्यालय व्यवस्थापन समितिको माघ १० गतेको बैठकले उक्त निर्णय गरेको जनाएको छ ।
पालिकाको अनुदान कोटामा आधारभूत तहको लागि दलित शिक्षक आवश्यक परेको सूचनामा उल्लेख गरिएको छ । 













