सञ्चारकर्मीको पारिश्रमिक उपलब्ध गराउन कैलालीका सञ्चार माध्यमलाई श्रमजीवी पत्रकार संघको आग्रह

कैलाली । कैलाली जिल्लमा रहेका विभिन्न सञ्चार माध्यमलाई पत्रकारहरुको पारिश्रमिक उपलब्ध गराईदिन श्रमजीवी पत्रकार संघ नेपाल कैलाली शाखाले आग्रह गरेको छ । शाखाले विहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै माघ मसान्तभित्र पारिश्रमिक उपलब्ध गराउन आग्रह गरेको हो ।

पछिल्लो समय जिल्लामा रहेका विभिन्न सञ्चार माध्यममा कार्यरत श्रमजीवी पत्रकारहरुले लामो समयदेखि पारिश्रमिक नपाएको गुनासो गरेपछि कैलाली शाखाले विज्ञप्ति नै जारी गरेर उपलब्ध गराउन आग्रह गरेको छ ।

सञ्चार माध्यमहरुका विभिन्न चुनौती भए पनि श्रमजीवीहरुको श्रमको मूल्य चाँडो उपलब्ध गराउन सम्पूर्ण सञ्चार माध्यमलाई शाखाको अनुरोध गरेको छ । यदि माघ मसान्त भित्र श्रमजीवीहरुको बाँकी रहेको पारिश्रमिक उपलब्ध नगराएमा श्रमजीवी पत्रकारहरुको नेतृत्व गरी श्रमजीवी पत्रकार संघ नेपाल कैलाली शाखा चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।

Share