बझाङ । बझाङ जिल्लाको मष्टा र तल्कोट गाउँपालिकामा छुट्टाछुट्टै जिप दुर्घटना हुँदा एकै परिवारका तीनसहित पाँच जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा मष्टा गाउँपालिका-१ कोटदेवलको जिप दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जिपका चालक मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापाको मृत्यु भएको हो ।
यस्तै तलकोट गाउँपालिकास्थित धमेनामा भएको जिप दुर्घटना परेर एकै घरका ३ जनासहित ४ जनाको मृत्यु भएको छ । बिहीवार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाने क्रममा धमेना नजिकै से १ ज ८४३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख युवराज भण्डारीले जानकारी दिए ।
उनका नुसार तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । मृत्यु हुनेमा जिप चालक केदारस्यूँ गाउँपालिका-१ रायलका अन्दाजी ३३ वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका-४ की ७२ वर्षीया जौमतीदेवी धामी र उनका छोरा ३६ वर्षीय बम्मबहादुर धामी रहेका छन् भने धामीकै नातिनी छ वर्षीया बालिका आकृति धामीको जिल्ला अस्पताल बझाङ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख भण्डारीले बताएका हुन् ।













