महोत्सवका लागि नगरभित्रका विद्यालयमा स्थानीय विदा

कैलालीकैलालीको लम्कीचुहा नगरपालिकाले महोत्सवका लागि पालिका भित्रका विद्यालयहरुमा स्थानीय विदा गरेको छ ।

यही मङ्सिर ६ गतेदेखि सञ्चालन भएको ‘लम्की महोत्सव २०८१’ यही मङ्सिर १६ गते सम्पन्न हुँदैछ । जसको लागि तीन दिन नगरपालिकाले पालिका भित्रका विद्यालयहरुमा स्थानीय विदा दिएको छ । नगरपालिकाले एक सूचना नै जारी गरेर महोत्सवका लागि तीन दिन स्थानीय विदा गरिएको जनाएको छ ।

महोत्सवमा विद्यार्थीहरुका लागि विज्ञान प्रदर्शनी, विद्यार्थीहरुले विज्ञान प्रविधिबाट आविष्कार गरेका उपकरणको प्रदर्शनी तथा विद्यालय स्तरीय नृत्य प्रतियोगिता हुने भएको हुँदा १४ र १६ गते सम्म स्थानीय विदा गरिएको नगरले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

 

Share