कैलाली । कैलालीको टीकापुरबाट लागूऔषधसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
टीकापुर नगरपालिका-९ खक्रोला सडक खण्डमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा सोही नगरपालिका-३ का २० वर्षीय दिपक विश्वकर्मा र १८ वर्षीय किशोर पक्राउ परेका हुन् ।
दुवै जनालाई ७ सय ८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।













