कैलाली । भारतीय क्रिकेट टोलीका विकेटकीपर ब्याट्सम्यान ऋषभ पन्त इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट इतिहासकै महँगा खेलाडी बनेका छन् । पन्त भारतीय टोलीकै श्रेयस अय्यरलाई पछि पार्दै आईपीएल इतिहासकै महँगा खेलाडी बनेका हुन् ।
आउँदाे वर्षकाे आईपीएलका लागि आज भएकाे अक्शनमा पन्तलाई लखनउ सुपर जायन्ट्सले २७ कराेड भारुमा अनुबन्ध गरेकाे हाे । यसअघि दिल्ली क्यापिटल्समा रहेका पन्तकाे न्यूनतम अक्शन मूल्य २ कराेड भारु राखेका थिए ।
यसअघि आज नै श्रेयस अय्यरलाई पञ्जाब किङ्ग्सले २६ कराेड ७५ लाख भारुमा अनुबन्ध गरेकाे थियाे ।
यसअघि मिचेल स्टार्कलाई गत सिजनमा काेलकाता नाइट राइडर्सले २४ कराेड ७५ लाख भारुमा अनुबन्ध गर्दा त्यसबेला उनी आईपीएल इतिहासकै सर्वाधिक महँगा खेलाडी बनेका थिए ।













