कैलाली । कैलालीको घोडाघोडीमा मङ्गलबारदेखि महायज्ञको शुभारम्भ गरिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–८ मा लठुवामा ‘श्री मोहन्याल बाबा धार्मिक ज्ञान विज्ञान सप्ताहश्रीमद्भागवत् धान्याञ्चल महायज्ञ–२०८१’ को विधिवत् रुपमा उद्घाटन गरिएको छ । श्री मोहन्याल बाबा धार्मिक ज्ञान विज्ञान सप्ताहश्रीमद्भागवत् धान्याञ्चल महायज्ञ समितिकाे आयाेजनामा महायज्ञ सञ्चालन हुन लागेकाे हाे ।
सुदूरपश्चिम प्रदेश सभाका उपसभामुख कोइली देवी चौधरीको प्रमुख आतिथ्यमा सुरु भएको सप्ताह मंसिर १० गतेसम्म चल्ने छ । कलस यात्राको ¥याली निकाल्दै कार्यक्रम स्थलसम्म ल्यइएको थियो । त्यसपछि कार्यक्रमको विधिवत् रुपमा उपसभामुखले दिप प्रज्वलन गर्दै उद्घाटन गरेकी थिइन् । उद्घाटन समारोहमा घोडाघोडी नगरपालिका नगर प्रमुख खडक बहादुर रावत विशिष्ट अतिथिमा रहेका थिए । कार्यक्रममा दानविर, शिक्षक, विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधि र श्रद्दालुहरूकाे उपस्थिति रहेको थियो ।

महायज्ञ स्थल लठुवामा परापूर्वक कालमा मानव बस्ती बस्दा मोहन्याल देवतालाई नसम्झि बसेकाले बाघले आक्रमण गर्दा ३ जनाको मृत्यु भएको र उत्त स्थानमा मोहन्यल देवताकाे मन्दिर स्थापना गरेपछि मानविय क्षति राेकिएकाे किम्वदन्ती रहेको महायज्ञ समितिका महासचिव कपिल सापकोटाले बताए । हरेक वर्ष लठुवामा माेहन्याल मन्दिरमा पूजाआराधना हुँदै आएकाे भए पनि केही समययता रोकिएको हुँदा उत्त ठाउँको शुद्दिकरण र मन्दिरको प्रचारप्रसारको लागि महायज्ञ सञ्चालन गरेको महासचिव सापकोटाले जानकारी दिए ।
महायज्ञबाट सङ्कलन हुने दान दक्षिणाले मन्दिर परिसरमा संरचना निमार्ण गर्ने उत्त क्षेत्रलाई धार्मिक पर्यटकिय स्थलका रूपमा विकास गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरीएकाे आयाेजकले जनाएकाे छ ।














