कैलाली ।। कैलालीको टीकापुर विमानस्थलमा पुनः परीक्षण उडान गरिएको छ। आज सोमबार नेपाल एयरलाइन्सको विमान मार्फत परीक्षण उडान गरिएको हो । परिक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल, क्याप्टेन महेश विष्ट, उज्ज्वल सिलवाल, इन्जिनियर सम्राट प्रधान लगायतका प्राविधिक टोलीले विमान टीकापुर विमानस्थलमा अवतरण भएका छन्। पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी पनि टीकापुरमा छन्। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टीकापुरमा परीक्षण उडान गरेको हो ।
टीकापुर विमानस्थलमा पुनः परीक्षण उडान













