कैलाली ।। कैलालीमा गम्बोरा रोगका कारण ठुलो सङ्ख्यामा कुखुरा मरेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–८ मा रहेको कृषक पहल देउवाको फर्ममा मासु तथा अण्डाको लागि पालेका करिब ५ हजार वयस्क कुखुरा मरेको कृषक पहल देउवाले वताएका छन् । कृषक देउवाले लामो समयदेखि व्यावसायिक रुपमा उक्त क्षेत्रमा कृषि फार्म संञ्चालन गर्दै आएका थिए । उनको फर्ममा पहिलो पटक गम्बोरो रोग लागेको उनले बताएका छन् । उक्त रोग लागेर कुखुरा मरेपछि कृषक देउवालाई ३० लाख भन्दा बढिको घाटा हुने भएको छ ।
गम्बोरो रोगका कारण कृषक देउवाको फार्म नै रित्तिएको छ । आफूले “कुखुरा बिरामी भएको थाहा पाउने बित्तिकै ल्याब परीक्षण गर्दा गम्बोरो रोग लागेको पहिचान भएको र भ्याक्सिन, औषधि दिँदादिँदै पनि खोर नै रित्तिने गरी कुखुरा मरेको देउवाले बताए” गम्बोरो रोगका कारण पालिकामा पहिलो पटक यति धेरै क्षति हुने गरेर कुखुरा मरेको घोडाघोडी नगरपालिका पशु शाखा प्राविधिक मनोज आचार्यले बताए ।
कृषक देउवाले विगत लामो समयदेखि उत्त क्षेत्रमा जग्गा भाडामा लिएर कृषि फार्म सञ्चालन गर्दै आएका थिए , उनले आफ्नो कृषि फार्ममा कुखुराका साथै भैँसी, बाख्रा र माछा समेत पालन गर्दै आएका थिए । अन्य सबैको बिमा गरेको भएपनि माछा र कुखुराको सरकारले बिमा कार्यक्रम लागू नगरेका कारण आफूलाई ठुलो नोक्सान भएको कृषक देउवाले बताएका छन् ।
चाडपर्व नजिकिँदै जाँदा मासुका लागि हुर्काइरहेका कुखुरा मरेपछि फार्मलाई ठुलो समस्या हुने भएको छ । “सरकारले पशु बीमा कार्यक्रमअन्तर्गत कुखुराको पनि बीमा गर्ने सुविधा गरिदिएको भए हामी जस्ता किसानलाई केही राहत हुने थियो, तर भैँसी, बाख्रा लगायतको बीमा भए पनि कुखुरा, माछाको बिमा नहुने भएका कारण कुखुराको बिमा नगरेको कृषक देउवाले बताएका छन् । सरकारले बिमा सुविधामा सहजता प्रदान गरेर कुखुराको बिमा गर्ने नीति बनाएको भए क्षतिपूर्ति गर्ने उपाय थियो तर त्यसो नहुँदा आफूलाई समस्या हुने देउवाले बताएका छन् ।
“आफूले केही समयदेखि कुखुराको बिमा गर्नका लागि नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानलाई प्रक्रिया पुर्याएर आवश्यक कागजात बुझाएको भएपनि संस्थानको जिल्लास्थित कार्यालयले माथिको आदेश भन्दै बीमा नगर्ने आदेश आएको भन्दै त्यस कारण आफ्नो कुखुरो बिमा नभएको उनले बताए”













