धादिङको झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप १३ जनाको शव फेला

तस्बिर : सशस्त्र प्रहरी बल

धादिङ । धादिङको झ्याप्ले खोलामा पुरिएको अवस्थामा शसस्त्र प्रहरी बलले थप १३ वटा शव भेटिएको छ । आज बिहान पहिरो पन्छाउने क्रमा पहिरोले पुरेको अवस्थामा एउटा बस र एउटा माइक्रो सहित १३ जनाको शव भेटिएको शसस्त्र प्रहरीले जानकारी दिएको छ । त्यही पहिरोमा शनिबार दुई वटा बससहित १४ वटा शव पुरिएको अवस्थामा फेला परेको थियो ।

यसैबीच गोरखाको लापुबेंसीबाट गएको शुक्रवार काठमाडौंका लागि छुटेको यात्रुबाहक बस पृथ्वीराजमार्गअन्तर्गत झ्याप्ले खोलाको पहिरोमा पुरिएको अवस्थामा भेटिएको छ । धार्चे गाउँपालिका–७ लापुबाट छुटेको बा ४ ख २२७० नम्बरको बस पहिरोमा पुरिएको अवस्थामा भेटिएको गोरखा दरौदी यातायात प्रा.लिका अध्यक्ष नारायण खत्रीले जानकारी दिएका छन् । लापुबेंसीबाट छुटेको बस शुक्रवार रातिदेखि सम्पर्कविहीन थियो ।

Share