तिलाकर्णालीको १३ औं वार्षिक साधारण सभा सम्पन्न

कैलालीतिलाकर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । जिल्लाको घोडाघोडी नगरपालिका-२ नयाँ बजारमा रहेको तिलाकर्णालीले शनिबार घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा १३ औं वार्षिक साधारण सम्पन्न गरेको हो ।

गत आर्थिक वर्षमा गरेको आर्थिक कारोबार र आगामी आर्थिक वर्षको अनुमानित बजेट सार्वजनिक गर्दै कार्यक्रम सम्पन्न गरेको छ ।सभामा संस्थाका लेखा समिति संयोजक विरेन्द्र कुँवरले आयव्यय प्रस्तुत गरेका थिए । जसमा संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा १२ करोड ३२ लाख ६३ हजार ८ सय ५८ रुपैयाँको कारोबार गरेकोमा १ करोड ६४ लाख ६४ हजार ९ सय १ रुपैयाँ आम्दानी गरेको छ । यस्तै खर्च तर्फ कार्यालय सञ्चालन, व्याज खर्च र अन्य खर्च गर्दै जम्मा १ करोड ५३ लाख १२ हजार ४ सय ५८ रुपैयाँ ४९ पैसा रहेको छ । त्यसमा संस्थाले खुद नाफा ११ लाख ५२ हजार ४ सय ४२ रुपैयाँ ५१ पैसा गरेको संयोजक कुँवरले जानकारी दिए ।

आर्थिक वर्ष २०८१/०८२ मा तिलाकर्णालीले विभिन्न शीर्षकलाई आधार मान्दै समग्र कारोबार १३ करोड ३५ लाख १२ हजार ७ सय २९ गर्ने प्रक्षपण गरेको छ ।

सुदूरपश्चिममा नै अग्रणी सहकारी संस्थाको रुपमा उदाउँदै गरेको तिलाकर्णालाी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८००८१ म मात्रै ११ लाख ५२ हजार ४ सय ४२ रुपैयाँ ५१ पैसा नाफा गर्न सफल भएको छ । आगामी दिनमा पनि संस्थाले अझै प्रगति गर्दै शेयर सदस्यहरूलाई थप सुविधा प्रदान गर्ने समेत बताईएको छ ।

यस्तै संस्थाका व्यवस्थापक लाल बहादुर भण्डारीले आगामी आर्थिक वर्षको कार्ययोजना सार्वजनिक गरेका थिए । उनले सभामा तिलाकर्णाली बचत तथा ऋण सहकारीले आगामी दिनहरूमा अझै राम्रो गर्दै जाने प्रतिवद्धता जनाएका थिए ।

१३ औं वार्षिक साधारण सभाको उद्‌घाटन कार्यक्रममा स्वगत मन्तव्य दिँदै संस्थाका उपाध्यक्ष भरत राज शर्माले पछिल्लो समय केही सहकारीहरूले बदमासी गरेकै कारण सबै सहकारीहरू प्रति आम मानिसहरूको दृष्टिकोणमा समेत फरक आएको बताए । शर्माले केहीले बदनियतले त्यस्तो गरे पनि आफूहरूबाट त्यस्तो कदापि नहुने भन्दै शेयर सदस्यहरूलाई आश्वस्त पारेका थिए ।

वार्षिक साधारण सभाको उद्‌घाटन सुदूरपश्चिम प्रदेश सभा सदस्य खुसीराम चौधरीले गरेका थिए । कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घ सञ्चालक माधव जोशी, राष्ट्रिय सहकारी बैङ्क लिमिटेडका सञ्चालक शिवा थापा, नेपाल बचत तथा ऋण केन्द्रिय सङ्घ लिमिटेडका सञ्चालक दिप्ती शाही, नेपाल बचत तथा ऋण केन्द्रिय सङ्घ लिमिटेड धनगढीका प्रमुख योगेश बोहरा, घोडाघोडी नगर सहकारी शाखा प्रमुख हेमाकान्त सुवेदी लगायतका व्यक्तिको उपस्थिति रहेको थियो भने, संस्था सम्पूर्ण शेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।  

 

Share