डोटी । पहिरोले अवरुद्ध सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने एक मात्रै राजमार्ग भीमदत्त राजमार्ग आज सुचारु भएको छ ।
डोटीको घोरडी र गोगनपानीमा पहिरो खसेपछि बुधवार रातिदेखि राजमार्ग अवरुद्ध भएको थियो । तर आज पहिरो हटाएपछि राजमार्ग सुचारु भएको हो ।
राजमार्ग अवरुद्ध भएपछि सयौँ यात्रु अलपत्र पर्नुका साथै बिरामी बोकेका एम्बुलेन्स पनि बाटोमै अलपत्र परेका थिए । अहिले बाटो सुचारु भएपछि सवारी साधन गन्तव्य स्थानतिर जान लागेको प्रहरीले जनाएको छ ।












