दशैंको अवसर पारी घोडाघोडीमा वडा स्तरीय फुटबल प्रतियोगिता हुने

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-५, देवकलियामा विजया दशमीको अवसरमा वडा स्तरीय खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । देवकलिया फुटबल एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा वडा नं.५, भित्र पर्ने टोल तथा युवा क्लबहरूको टोलीहरुको सहभागिता रहनेछ । नक आउटका आधारमा खेलाइने फुटबल प्रतियोगिता आगामी असोज २३ गते देखि सुरु हुन लागेको हो । खेल राष्ट्रिय माध्यमिक विद्यालय देवकलियाको खेल मैदानमा हुने बताईएको छ । दक्ष खेलाडी उत्पादन गर्दै देवकलियालाई खेलकुदको हबको रुपमा विकास गर्न प्रतियोगिताले सहयोग गर्ने एकेडेमीका प्रशिक्षक अनिल धामीले जानकारी दिएका छन् ।

प्रतियोगितामा विजेता टोलीले १० हजार नगद सहित मेडल र ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले ६ हजार नगद सहित मेडल र ट्रफी प्राप्त गर्ने बताइएको छ ।

Share