लागूऔषध मुद्दामा फरार भएका दुई जना प्रहरीको फन्दा

कैलाली । कैलाली जिल्लाबाट लागूऔषध मुद्दामा फरार रहेका दुई जना युवक प्रहरीको फन्दामा परेका छन् । गोदावरी नगरपालिका-३ का २६ वर्षीय विशेश्वर प्रसाद भट्ट र २६ वर्षीया ममता चौधरी पक्राउ परेका  हुन् ।

कैलाली जिल्ला अदालतको फैसलाले लागूऔषध मुद्दामा १ महिना २० दिन कैद सजाय तोकेपछि दुबै जना फरार रहेका थिए ।

फरार रहेका दुबै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनीहरूकै घरबाट पक्राउ गरेको जनाएको छ ।

Share