राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम महामन्त्री पारस बाहुन बर्खास्त

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदूरपश्चिम प्रदेश महामन्त्री पारस बाहुन बर्खास्त भएका छन्।

रास्वपा सुदूरपश्चिम कार्यसमितिका सभापति प्रकाश विष्टले बिहीबार एक विज्ञप्ति जारी गर्दै महामन्त्री बाहुनलाई पद मुक्त गरिएको जानकारी दिएका छन् । महामन्त्री पारसले नेतृत्वलाई असफल र असक्षम बनाउन भूमिका खेलेको भन्दै पदमुक्त गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पछिल्लो समयमा सङ्गठन र नेतृत्वलाई  असफल बनाउने विविध क्रियाकलापहरू गरेपछि सोमबार स्पष्टीकरण सोधिएकोमा उक्त स्पष्टीकरण पत्रको जवाफ समेत सन्तोषजनक नभएको हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको विधान २०७९ को धारा ३० को उपधारा १ को (ग) र दोस्रो संशोधन विधानको भाग ७ धारा २८ उपधारा १ को (ट) बमोजिम पद मुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ । 

कारबाही गर्नुअघि प्रदेश समितिले २१ बुँदे कारण देखाउँदै ७२ घण्टे स्पष्टीकरण सोधेको थियो। महामन्त्री बाहुनले पनि भदौ ११ गते नै २१ बुँदे जवाफ फर्काएका थिए। तर त्यो सन्तोषजनक नभएको विज्ञप्तिमा जनाइएको छ ।

यो हो महामन्त्रीले पारस बाहुनले दिएको २१ बुँदे स्पष्टिकरण

Share