आज देशभर सामान्य देखि मध्यम वर्षाको सम्भावना

कैलाली । आज देशैभर मौसम बदली भै देशका धेरै जसो स्थानमा पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको जारी गरेको मौसम बुलेटिनका अनुसार अहिले देशभर बदली रहेको छ भने कोशी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।

सोमबार दिउँसो सातै प्रदेशका केही ठाउँमा मेघगर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी प्रदेशको पहाडी जिल्लामा ठूलो पानी पर्ने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

राति कोशी, बाग्मती र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जारी बुलेटिनमा उल्लेख छ ।