चट्याङ लागेर डोटीमा एक किशोरीको मृत्यु

डोटी । डोटीको जोरायलमा शनिबार चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ ।

जोरायल गाउँपालिका–६ की १८ वर्षीया दुर्गा साउँदको चट्याङ लाग्दा घाइते भएकी थिइन । तर उपचारको क्रममा आज (आइतबार) विहान माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Share