कैलालीको गौरीगङ्गामा सर्पले डसेर २ बालिकाको मृत्यु, एक महिला घाइते

कैलाली । कैलालीको गौरीगङ्गामा सर्पले डसेर २ बालिकाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका-७ महुलियामा शुक्रबार राति सुतेको अवस्थामा सर्पले डसेर दुबै बालिकाको मृत्यु भएको जनाएको छ ।

सर्पको टोकाइबाट ५ वर्षीय काजल घर्तीमगर र ६ वर्षीय लिजा घर्तीमगरको ज्यान गएको छ । सोही समयमा बालिकाकी हजुर आमा मेनुका घर्तीमगरलाई पनि सर्पले डसेको थियो । उनको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यस्तै गोदावरी नगरपालिका-१ विजयनगरका १४ वर्षीय सागर गिरी पनि सर्पको टोकाईबाट घाइते भएका छन् । उनलाई राती सुतेको बेला सर्पले डसेको बताइएको छ । घाइते बालकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Share