विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहने व्यवस्था खारेजीकाे माग गर्दै प्रदर्शन

तस्बिर : सीधा कुरा

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा शुक्रबार प्ले कार्ड सहित प्रदर्शन गरेका छन् ।

विश्वविद्यालयमा भइरहेको सरकार संरक्षित आतङ्क अविलम्ब बन्द गर्न, देशका सबै विश्वविद्यालयमा राजनितिक हस्तक्षेप बन्द गर्न र प्राध्यापकहरुमाथि आक्रमण गर्ने गुण्डाहरुलाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले कुलपतिको हस्तक्षेप ज्यादै भएको भन्दै त्रिभुवन विश्व विद्यालयमा प्रधानमन्त्री कुलपति रहने व्यवस्था खारेज गर्न पनि माग गरेका छन् ।

Share