कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी 

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने गरि तयारी गरेको छ । जारी बोर्डले केही प्राविधिक समस्या नआए नतिजा आजै आउने जनाएको छ ।

यदि प्राविधिक समस्या भइपरि आएमा आइतबार सम्म नतिजा सार्वजनिक गर्ने बुझिएको छ । बोर्डले गत वैशाख १४ शुक्रबार देखि २४ गते सोमबार सम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो । सो परीक्षामा ५ हजार ५ सय ४२ विद्यालयका नियमिततर्फ ३ लाख ९० हजार ८ सय ६८  जना परीक्षार्थीहरु सहभागी थिए ।

जापानको एक परीक्षा केन्द्र सहित १ हजार ५ सय २६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

कक्षा १२ को नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार प्रकाशन हुने बोर्डले जनाएको छ । बोर्डले परीक्षामा प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी अनुत्तीर्ण हुने जनाएको छ ।
 

Share