आमाको दूध नै नवजात शिशुका लागि पर्याप्त हुन्छः डा. प्रदिप मिश्र(सन्दर्भः विश्व स्तनपान सप्ताह)

कैलाली । अगस्ट १ देखि विश्वभर स्तनपान सप्ताह मनाइदैछ । हरेक वर्ष विभिन्न नाराहरू सहित स्तनपान सप्ताह मनाउने गरिएको छ । यस वर्ष ‘क्लोजिङ ग्यापः ब्रेष्टफिडिङ सपोटिङ फर अल’  भन्ने नारा सहित स्तनपान सप्ताह मनाइदै छ । सन्  १९९२ देखि  विश्व स्वास्थ्य सङ्गठनको आवहानमा विश्वभर विभिन्न कार्यक्रम गरि स्तनपान सप्ताह मनाउने गरिएको छ । नेपालमा पनि नवजात शिशुलाई स्तनपान गराउन सचेतनामूलक विभिन्न कार्यक्रम गरि स्तनपान सप्ताह मनाउने गरिएको छ ।

सेती प्रादेशिक अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा. प्रदिप मिश्रले ६ महिना सम्मका नवजात शिशुलाई आमाको दूध नै पर्याप्त हुने भन्दै ‘स्तनपान नवजात शिशु र आमा दुवैका लागि स्वस्थकर हुने’ बताउछन् । साथै उनले अधिकांश महिलाहरूमा स्तनपान गराए शारीरिक बनावट बिग्रिने भ्रम भएकाले नवजात शिशु स्तनपान बाट बञ्चित हुने गरेको प्रति दुख समेत व्यक्त गरेका छन् ।

मिश्रका अनुसार आमाले दिन सक्ने सबै भन्दा सुन्दर उपहार भनेको शिशुलाई दूध खुवाउन हो । तर  सामाजिक सोचका कारण शिशु स्तनपान गर्न नपाउने अवस्था सृजना भएको छ ।

नवजात शिशु एवं बालबालिका लागि स्तनपान अपरिहार्य छ । बालबालिकाको नैसर्गिक अधिकारको रूपमा नेपालको संविधानले समेत अङ्गिकार गरेको यस विषयमा सामाजिक सचेतनाको अभावमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिएको छैन् ।

पर्याप्त स्तनपान गर्न नपाएको बालबालिकालाई डायरिया, निमोनिया जस्ता विभिन्न किसिमका स्वास्थ्य समस्या देख पर्न सक्छ । स्तनपानले आमामा समेत क्यान्सर लगायत रोगहरूबाट बची स्वास्थ्य लाभ हुने गर्दछ । 

विश्व स्तनपान सप्ताह डा. प्रदिप मिश्र Exclusive Breastfeeding

Share