कैलालीकाे लम्कीचुहामा चार दिन देखि एक बालक बेपत्ता

कैलाली । कैलालीकाे लम्कीचुहाका एक बालक चार दिन देखि बेपत्ता भएका छन । लम्किचुहा नगरपालिका-९ का सन्तोष सुवेदी बेपत्ता भएका हुन् ।

पहेलो टिसर्ट र खैरो हाप पाईन्ट लगाएका सुवेदी छाेराले गुलरा जान्छु भनी घरबाट हिँडेका तर हाल सम्म पनि सम्पर्कमा नआएको उनका बुवा बिनाेद राज सुवेदीले जनाएका छन् । बिनोद सब डिभिजन वन कार्यलय बाैनियामा कार्यरत फरिस्ट हुन् ।

उक्त बालकलाई कसैले देखेमा अर्थात भेटमा मोबाइल नं. ९८६५६०७४९४ र ९८६९१५५०१५ मा तथा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन बिनोदले आग्रह गरेका छन् ।

Share