कञ्चनपुरबाट दाङ जाँदै गरेको ट्रकमा आगलागी, एक जना घाइते

दाङ । कञ्चनपुरबाट दाङ जाँदै गरेको ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा गुडिरहेको ट्रकमा आगलागी भएको हो ।

महेन्द्रनगरबाट दाङको लमही जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३३३७ नम्बरको गुडिरहेको ट्रकमा आफैँ आगलागी भई जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले लमही नगरपालिका-९ चाउखोला नजिकको जङ्गल यरिङ सर्ट भएर आगो लागेको बताए ।

एसपी केसीले ट्रकमा चालकसहित तीन जना सवार रहेकोमा आगो निभाउन प्रयास गर्दा चालक कञ्चनपुरको कृष्णनगर नगरपालिका-२ का ३८ वर्षीय रमेशदत्त जोशी सामान्य घाइते भएका छन् । खाली ट्रक सिमेन्ट लिनको लागि लमही जाँदै गरेको उनले जानकारी दिए ।

आगो लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरि रहेको प्रहरीले बताएको छ । 

Share