भारतद्धारा धौलीगंगा जलविद्युत परियोजनाको बाँध खुला, महाकाली तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बैतडी । भारतले धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलेको छ ।

२ सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगंगा पावर स्टेशनको सिल्ट सरसफाइका लागि शनिबार विहान ८ः१५ मा बाँध खोलिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए ।

बाँध खोल्दा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएकाले तटीय क्षेत्रका नागरिकलाई आइतबार सम्म सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ ।

बाधको ढोका खोलेपछि जारी गरिएको सूचनामा भारतीय पक्षबाट ढोका खोलेको विषयमा मौखिक जानकारी आएको उल्लेख गरिएको छ ।

Share