पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा वृद्धि 

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोलमा ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँले मूल्य बढाएको हो । सोमबार बसेको निगमकाे सञ्चालक ससमितिको बैठकले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी जनाएका छन् ।

नयाँ मूल्य अनुसार पहिलो वर्ग अर्थात चारआली, विराटनगर, जनकपुर, भलवारी, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १ सय ६८ रूपैयाँ ५० पैसा पुगेको छ भने डिजेलको मूल्य १ सय ५७ रुपैयाँ ५० पैसा पुगेको छ ।

त्यस्तै दोस्रो वर्ग अर्थात सुर्खेत र दाङ्गमा पेट्रोल १ सय ७० रुपैयाँ पुगेको छ भने डिजेल १ सय ५९ रुपैयाँ पुगेको छ ।

त्यसैगरी तेस्रो वर्ग अर्थात काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १ सय ७१ रुपैयाँ पुगेको छ भने डिजेल १ सय ६० रुपैयाँ पुगेको छ ।

नयाँ मूल्य सोमबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।

Share