अविरल वर्षापछि डोटीको ठूली गाड नदीमा बाढीले ग¥यो खतराको तह पार

डोटी । लगातारको अविरल वर्षाका कारण कर्णाली बेसिन अन्तर्गत डोटीको ठूली गाड नदीमा पानीको उच्च बहावले खतराको तह पार गरेको छ ।

जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाका अनुसार आइतबार बिहान ठूली गाढ नदीमा बाढीले खतराको तह पार गरेको हो । साढे ५ मिटरसम्म पानीको सतह बढ्दा खतराको तह हुनेमा आइतबार बिहान ११ बजेको समयमा ८ दशमलव ७६ मिटर जलसतह बढेको हो ।

यस्तै डडेल्धुरामा महाकाली नदीले खतराको तह पार गरेको छ । बिहान ११ बजेसम्मको आँकडा अनुसार कञ्चनपुर र कैलाली लगायत जिल्लामा अत्यधिक मात्रामा बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Share