नयाँ सत्ता गठबन्धनमा सहभागी नहुने रास्वपाकाे निर्णय

नयाँ सत्ता गठबन्धनमा सहभागी नहुने रास्वपाकाे निर्ण

काठमाडौं । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अब बन्ने नेपाली कांग्रेस–नेकपा (एमाले)को सरकारमा सहभागी नहुने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले नयाँ गठबन्धनमा सामेल नहुने जनाएका हुन् ।

बैठक पछि संचारकर्मीसंग कुरा गर्दै सचेतक परियारले भने “अब बन्ने गठबन्धनमा हामी रहँदैनौँ । सरकारमा जाँदैनौँ ।”

अर्को सरकारको प्रक्रिया अघि बढाइएपछि आफूहरू मन्त्रिपरिषद्‌बाट बाहिरिने उनले बताए । “अहिले केही अनुमान र आधिकारिक प्रक्रिया अघि नबढेको हुँदा सरकार अर्को बन्ने प्रक्रिया अघि बढेपछि हामी स्वाभाविक रूपमा बाहिरिन्छौँ,” उनले भने ।

आफूहरूले गरिरहेको कामका कारण गठबन्धन परिवर्तन भएको उनकाे जिकिर थियो । पछिल्लो घटनाले राजनीतिक स्थायित्व नदिने उनको भनाइ छ ।

Share