कैलाली । कैलालीको जोशीपूर गाउँपालिकामा अधिकांश किसानले रोपाइँ सकेका छन्। ढिलो गरी मनशुन सुरु भएपछि सिंचाई सुविधा भएका कृषकले बोरिङ र सिंचाई नहरको प्रयोग गरी रोपाइँ सक्न लागेका हुन्।

















आकाशे पानीको भरमा रोपाइँ गर्ने किसानले भने खेत रोप्न पाएका छैनन्। मध्य असाढमा रोपाइँ सकिनै लाग्दा मल पाइदैन कि भन्ने पिरमा छन् उनीहरु।













