अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएका कुशवाहाको परिवारलाई अखिलकाे समवेदना

बारा । अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएका बाराको कलैया स्थित रामराजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरि भुषण कुशवाहाको परिवारलाई अखिल ( समाजवादी)  का नेताहरूले  समवेदना व्यक्त गरेका छन् । अखिल (समाजवादी)  का केन्द्रीय सचिव तथा नारायणी-मधेस प्रदेश इन्चार्ज अटल सी ,सह-इन्चार्ज लोकेश सी ,नेकपा पर्सा र बारा जिल्ला सेक्रेटरी फिरोज सी र दिल सी लगायत नेताहरूले आज मङ्गलबार समवेदना व्यक्त गरेका हुन् । उनीहरूले आदर्श कोतवाल वडा नं.२ स्थित कुशवाहाको घरमा पुगेर परिवारलाई  समवेदना पत्र दिएका छन् ।

यहि जेठ ३२ गते बाराको आदर्श गाउँपालिका वडा नं. ३ भटिनियाबतारा बिच पर्ने बौधिमाई मन्दिर नजिक बेलुका करिब ६ बजे अज्ञात समूहले  गोली  हानी कुशवाहाको हत्या  गरेको थियो । 

हत्या भएको ११ दिन बित्दा समेत मुख्य अभियुक्त पक्राउ नपर्नुले सरकार र गृह प्रशासन प्रती घर परिवारको अविश्वास बढेको र अखिल (समाजवादी) लाई न्यायको पक्षमा लड्नको लागि र आफ्नो सङ्घर्षमा ऐक्यवद्धता जनाउनको लागि परिवारले अपिल समेत गरेको छ । अखिल (समाजवादी)  ले मृतक कुशवाहा बाराको शैक्षिक क्षेत्रको धरोहरको रुपमा स्थापित भई शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै  आएको समवेदना पत्रमा उल्लेख गरेको छ ।  घटनाको विरुद्ध सङ्घर्षमा रहेको र जस्तोसुकै सङ्घर्षमा जान तयार रहेको  अखिल (समाजवादी) का नारायणी-मधेस प्रदेश सह-इन्चार्ज लोकेश सी ले जानकारी दिए ।

Share