घोडाघोडी नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब १ अर्ब

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले नयाँ आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक तथा बजेट अधिवेशन सम्पन्न गरेको छ । सोमबार घोडाघोडी नगरपालिकाको सभाहलमा १९ औ नगरसभामा नयाँ आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गरेका थिए । घोडाघोडी नगरपालिकाका नगर उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक गुलिया कुमारी चौधरीले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ९७ करोड ४४ लाख ८७ हजार रुपैयाँको बजेट बिनियोजन गरिएको सभामा प्रस्तुत गरेकी थिइन ।

आगामी वर्षमा विभिन्न नगरपालिकाको आम्दानीका स्रोतहरू प्रदेश सरकार र संघीय सरकारका विभिन्न अनुदानका क्षेत्रहरू रहेको बताइएको छ । जस अन्तर्गत संघीय तथा प्रदेश समानीकरण, समपूरक, विशेष, सशर्त अनुदान जस्ता कार्यक्रम अन्तर्गत९७ करोड ४४ लाख ८७ हजार रुपैयाँको आयको अनुमान गरिएको आजको बजेट अधिवेशनमा प्रस्तुत गरिएको थियो ।

जसमा घोडाघोडी नगरपालिकाको आगामी आर्थिक वर्षमा नगरपालिकाको सोही बजेटलाई क्षेत्रगत आधारमा वर्गीकरण गरेको नगरसभामा प्रस्तुत गरेका थिए । कृर्षी, पशु, भूमि व्यवस्थापन, उद्यम विकास, रोजगार, सहकारी, पर्यटन, शिक्षा, स्वास्थ्य, नगर अस्पताल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, सामाजिक सुरक्षा तथा पञ्जिकरण जस्ता क्षेत्रमा बजेटको बाँडफाँड गरिएको छ भने घोडाघोडी नगरपालिकाको वडाका बजेट पनि बिनियोजन गरिएको छ । जसका लागि १२ वटा वडा रहेको नगरपालिकामा वडा १ देखी १२ सम्ममा ७ करोड १७ लाख रुपैयाँ बिनियोजन गरिएको छ । जसमा सबै भन्दा बढि वडा १ मा ८० लाख बिनियोजन गरिएको छ, भने अन्य वडा २, ३, ६, ७, ११, नम्बर वडाहरूमा ५०/५० लाख बिनियोजन गरिएको छ भने वडा ४ मा ७५ लाख त्यस्तै ५ मा ५५ लाख, वडा ८ मा ७० लाख, वडा ९ मा ६५ लाख, त्यस्तै वडा १२ मा ५२ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

त्यस्तै घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतले आज बसेको १९ औ नगरसभामा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरपालिकाको विकास र परिवर्तनका लागि राम्रा खालका नीति तथा कार्यक्रम ल्याएको नगरसभामा बताएका थिए । जसका लागि नगरपालिकाले फरक फरक ५ शीर्षकमा २१ उपशीर्षकमा नीति सभामा प्रस्तुत गरेका थिए जसमा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधारविकास, वन वातावरण र विपद व्यवस्थापन र सुशासन तथा संस्थागत विकासका लागि नीति तथा कार्यक्रम बनाएको नगरप्रमुख खडक रावतले बताएका छन ।

Share