विश्वकप क्रिकेटमा सोमपाल कामी बनाउँदै छन् नयाँ कीर्तिमान 

तस्बिर : साजन लामिछाने/क्यान

कैलाली । नेपाल एक दशकपछि पुनः टी २० विश्वकपमा सहभागिता जनाउदै छ । पहिलो पटक सन् २०१४ मा टी २० विश्वकप खेल्ने अवसर पाएको नेपालले ठ्याक्कै दस वर्षपछि विश्वकप खेल्न लागेको हो ।

पहिलो पटक पारस खड्काको कप्तानीमा विश्वकपकाे मैदानमा बंगलादेशी भूमिमा नेपाली झण्डा फहराएकाे नेपालका लागि यस पटक भने युवा कप्तान रोहित कुमार पाैडेलकाे नेतृत्वमा टोली विश्व सामु आफूलाई परिचित गराउन जाँदैछ । यस अवस्था सम्म आइपुग्दा नेपालले निकै उतार चढाव बेहोर्नु पर्यो । पहिलो पटक विश्वकप खेलेपछि नेपाली टोलीले फड़को मार्ने आँकलन गरिएको थियो तर त्यो सफल हुन सकेन । कारण थियो क्यान माथि राजनीतिक हस्तक्षेप र टोलीमा पनि सोही राजनीतिको दबदबा ।

नेपालसँगै विश्वकप खेलेर नेपालसंग नै पराजित भएको अफगानिस्तान टेष्ट मान्यता प्राप्त राष्ट्र बनी रहँदा नेपाल भने त्यही ठाउँमा सङ्घर्षरत छ । क्यान आईसीसीकाे निलम्बनमा पर्यो । जुन बेला तत्कालीन समयका कप्तान पारस खड्काले नै सम्पूर्ण जिम्मेवारी सम्हाल्दै नेपाललाई एकदिवसीय मान्यता प्राप्त गराए । त्यसपछि उनले टोलीको जिम्मेवारी छोड्दै क्रिकेट जीवनबाट सन्यास लिए । हाल उनी नेपाल क्रिकेट संघ क्यानका केन्द्रीय सचिव समेत रहेका छन् ।

हाल नेपाल क्रिकेटसँग विगतको तुलनामा सम्पूर्ण कुरा उपलब्ध छ खेलाडीले पाउने सेवा सुविधा, तलब लगायतका कुराले खेलाडीलाई सन्तुष्टि नै कायम गरेको छ । जसरी पारसले एक सफल कप्तानको भूमिका निभाए त्यसै गरी पदाधिकारीमा आएर पनि सोही कार्यलाई निरन्तरता दिई रहेका छन् । उनले क्यानका आउनु पूर्ण नेपाली राष्ट्रिय क्रिकेट टोलीको तलब एक लाख पुर्याउने बताएका थिए । हाल ए श्रेणीका खेलाडीको तलब एक लाख रहेको छ ।

नेपालको सीमित स्रोत साधनका बीच पछिल्लो समय नेपाली टोलीले पनि एकपछि अर्को सफलता हासिल गरिरहेको छ । परिणाम दिँदै गर्दा सेवा सुविधा बढाउनु पर्ने माग आम खेलप्रेमीकाे पनि रहेको थियो । पारस प्रति सम्पूर्ण खेलाडी र खेल प्रेमीहरुको आश र विश्वास पनि थियो र अझै पनि छ । त्यसकारण उनी क्यानमा आउँदा धेरैले उनीबाट राम्रो अपेक्षा गरेका थिए । जुन केही मात्रामा पूरा पनि भएको छ ।

दशकपछिको विश्वकप खेल्ने एक्ला खेलाडी सोमपाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीले दस वर्ष अगाडि विश्वकप खेल्दा टोलीमा निकै अनुभवी खेलाडी थिए तर यस पटकको टोलीमा सबै युवाका अनुहार रहेका छन् जहाँ अनुभवकाे कमी महसुस हुने नै छ । तत्कालिन अवस्थामा विश्वकप खेल्ने एक्ला खेलाडी सोमपाल कामी मात्रै यस पटक टोलीमा रहेका छन् बाँकी कुनै खेलाडी छैनन् ।

तत्कालिन अवस्थाका कप्तान पारस खड्का क्यानका सचिव छन् तत्कालिन अवस्थाका उपकप्तान ज्ञानेन्द्र मल्ल पनि क्रिकेट जीवनबाट सन्यास लिएर हाल नेपाली ‘ए’ क्रिकेट टोलीका मुख्य प्रशिक्षक रहेका छन् ।

तत्कालिन अवस्थाका विकेट किपर सुवास खकुरेलले क्रिकेट जीवनबाट सन्यास नलिएपनि लामो समय देखि टोलीमा छैनन । त्यस्तै सागर पुन, नरेश बुढायर, अनिल मण्डल, राहुल विश्वकर्मा, प्रदीप ऐरी, अमृत भट्टराई लगायतका खेलाडी पनि टोलीमा छैनन् । शक्ति गौचन भने आफ्नै क्रिकेट एकेडेमी खोलेर बसेका छन् उनले सिकाएका कुशल मल्ल भने यस पटक विश्वकप खेल्दै छ्न् । त्यस्तै विनोद भण्डारी, जितेन्द्र मुखिया, शरद भेसवाकर, बसन्त रेग्मीले सन्यासकाे घोषणा नगरेपनि टोली भन्दा बाहिर छन् । भण्डारी हाल नेपाल ए टोलीका कप्तान छन् तर उनी विश्वकप खेल्ने टोलीमा भने अटाउन सकेनन् । त्यसबेला टोलीमा रहेका एक्ला खेलाडी हुन सोमपाल कामी जुन हालको टोलीमा परेका छन् । उनले दोस्रो पटक विश्वकप खेल्दै नेपाली टोलीबाट दुई पटक विश्वकप खेल्ने नयाँ कीर्तिमान कायम गर्दै छन् । उसो त उनले टोलीमा निकै ठूलो महत्वपूर्ण जिम्मेवारी समेत सम्हाल्नु पर्नेछ । बलिङ लाइन हुँदै टोलीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा समेत उनले ध्यान दिनु पर्ने छ अनुभवी खेलाडी भएको आधारले पनि ।

हालको टोलीमा सोमपालसँगै कप्तान रोहित कुमार पौडेल, आशिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, सन्दीप जोरा, सागर ढकाल, अविनाश बोहरा, करण केसी, कमल ऐरी, गुलसान झा, प्रतिश जी.सी रहेका छन् ।

Share