आईपीएल क्रिकेटमा बेङ्गलोर र पञ्जाबका कप्तानलाई ठूलो झट्का

कैलाली । भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरका कप्तान फाफ डु प्लेसिस र पन्जाब किङ्ग्सका कप्तान साम करनलाई बीसीसीआई जरिबानले जरिवाना तिराएको छ ।

उनीहरूलाइ आईपीएलको आचारसंहिता उल्लङ्घन गरेको भन्दै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) कारवाही गरेको हो ।

गएराति पहिलो खेलमा कोलकाता नाइट रायडर्ससँग ‘स्लो ओभर–रेट’ अर्थात ढिलो गरी खेलेपछि बीसीसीआईले बेङ्गलोरका कप्तान फाफ डु प्लेसिसलाई १२ लाख भारु जरिबाना तिराएको छ ।

इडेन गार्डेन्समा भएको उक्त खेलमा बेङ्गलोर कोलकातासँग १ रनले पराजित भएको थियो । कोलकाता ७ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने १ खेल बढी खेलेको बेङ्गलोर २ अङ्कसहित पुछारमा छ ।

यसअघि बीसीसीआईले ‘स्लो ओभर–रेट’ मा गुजरात टाइटन्सका कप्तान शुभमन गिल, दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई जरिबाना तिराई सकेकाे छ ।

यस्तै बीसीसीआईले पन्जाब किङ्सका कप्तान साम करनलाई गुजरात टाइटन्ससँगको खेलमा अम्पायरको निर्णयमा असहमति जनाएको भन्दै ‘म्याच फी’ को ५० प्रतिशत जरिबाना तिराएको छ ।

यो खेलमा पन्जाब गुजरातसँग ३ विकेटले पराजित भएको थियो । गुजरात ८ खेलमा ८ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ भने पन्जाब उति नै खेलमा ४ अङ्कसहित नवौँ स्थानमा छ ।

Share