काठमाडौं । कतारका राजा अमिर शेख तमिम भोलि नेपाल भ्रमणमा आउँदै छन् । सोही अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वननिक बिदा दिने निर्णय गरेको हो ।
सरकार प्रवक्ता रेखा शर्माले अमिर शेखको नेपाल भ्रमणका कारण सार्वननिक बिदा दिन लागिएको सञ्चार माध्यलाई जानकारी दिएकी छन् । शेख दुई दिने नेपाल भ्रमणमा आउँदैछन् ।
विदेशी राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।












