कञ्चनपुरमा खेतमै आगलागी हुँदा ७ बिघा जमिनको गहुँबाली नष्ट

कन्चनपुर। कन्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा ७ बिघा भन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ ।

दोधारा चाँदनी ७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले जनाए । उनले स्थानीय पुजन बरालसहित १५ स्थानीयको गहुँबालीमा आगलागी भएको बताए ।

बस्नेतले भने, ‘आगलागीबाट ७ बिघा जमिनको गहुँबाली पूर्ण रूपमा क्षति भएको छ, स्थानीय, सुरक्षा निकाय, जनप्रतिनिधि र भीमदत्त र दोधारा चाँदनी नगरपालिकाको दमकलको सहायताले आगो निभाइएको थियो ।”

Share