सर्वोच्चद्वारा रञ्जिताको निर्णयमा धक्का, कार्वाहीमा परेकी सांसदलाई नहटाउन अन्तरिम आदेश

कैलाली । नागरिक उन्मुक्ति पार्टीबाट समानुपातिक सांसद रहेकी सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पार्टीले कारवाही गरेको थियो । तर आज उन्मुक्ति पार्टीको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

प्रकाशमानसिंह राउतको एकल इजलासले गिरीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गरेको हो ।

उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई कारबाही गरेको पत्र प्रदेश सभा सचिवालयमा पठाएपछि उनी पदमुक्त भएकी थिइन् ।

स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएको आरोप लगाउँदै श्रेष्ठले कारबाही गरकी थिइन् । गिरी पदमुक्त भएको सूचना चैत २६ गते टाँस गरिएको थियो ।