अनेरास्ववियु कैलालीको १७ औं जिल्ला अघिवेशन वैशाख २८ र २९ गते घोडाघोडीमा

तस्बिर : कपिल सापकोटा

कैलाली । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कैलालीको १७ औं जिल्ला अधिवेशन वैशाख २८ र २९ गते घोडाघोडीमा हुने भएको छ ।

बिहीबार बसेको बैठकले जिल्लाको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिका स्थित सुखडमा अधिवेशन गर्ने निर्णय गरेको जिल्ला संयोजक कपिल सापकोटाले जानकारी दिए।

अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने र करिब ५ सय प्रतिनिधिहरुको उपस्थित रहने पनि बताइएको छ।

Share