इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बेङ्गलोरमाथि मुम्बईकाे सानदार जित

कैलाली । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार सम्पन्न खेलमा मुम्बई इंडियन्सले रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसीबी) विरुद्ध सानदार जित हात पारेको छ ।

यस संस्करणको दोस्रो जित दर्ता गर्ने क्रममा मुम्बईले आरसीबीमाथि ७ विकेटको जित सानदार जित हात पार्यो ।

बेङ्गलोरले दिएको १ सय ९७ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले मात्र १५ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

उसका लागि लागि ओपनर इशन किशनले ३४ बलमा ७ चौका र ५ छक्का सहित सर्वाधिक ६९ रनकाे अर्धशतकीय पारी खेले । यस्तै सूर्यकुमार यादवले १९ बलमा ५ चौका र ४ छक्का सहित ५२ रनको विष्फोटक अर्धशतकीय इनिङ खेले ।

रोहित शर्माले ३८ रन बनाउँदा कप्तान हार्दिक पण्ड्या २१ रनमा अविजित रहे ।

बलिङ तर्फ बेङ्गलोरका आकाश दिप, विजयकुमार विशाक र विल ज्याक्सले समान १ विकेट लिए ।

त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्गलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९६ रनको विशाल योगफल जोडेको थियो ।

उसका लागि कप्तान फ्याफ डु प्लेसिसले सर्वाधिक ६१, दिनेश कार्तिकले ५३ र रजत पतिडरले ५१ रनकाे अर्धशतकीय पारी खेलेका थिए ।

मुम्बईका जसपृत बुम्राह एक्लैले ५ विकेट लिएका लिँदा जेराल्ड कोट्जी, आकाश मध्वाल र श्रेयास गोपालले १/१ विकेट हात पारे ।

जित पछि मुम्बई ५ खेलमा ४ अङ्क सहित सातौं स्थानमा छ । बेङ्गलोर भने ६ खेलमा मात्र २ अङ्क सहित नवौं स्थानमा रहेको छ ।

आईपीएलमा आज लखनउ सुपर जाएन्ट्स र दिल्ली क्यापिटल्स भिड्ने समय तालिका रहेको छ ।

Share