डडेल्धुरामा एक सहकारीबाट ११ लाख बढी रकम चोरी, सिसिटिभी रेकर्ड डिभाइस गायब

डडेल्धुरा । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका-४ कटालमा रहेको शीर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयबाट ११ लाख १३ हजार रुपैयाँ चोरी भएको छ ।

शुक्रबारदेखि सहकारी बन्द रहेको कार्यालयबाट चोरी भएको हो । आइतबार बिहान कार्यालय खोल्दा मात्रै उक्त घटना भएको थाहा पाएपछि सहकारीले प्रहरीलाई जानकारी गरेको जानकारी दिएको छ ।

झ्याल फोडेर चोरी भएको जनाइएको छ। चोरीमा संलग्नले सिसिटिभी क्यामेराको रेकर्ड डिभाइस पनि लगेर गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।

Share