डोल्पामा आगो निभाउन गएका १६ सैनिक घाइते, ४ जनाको अवस्था गम्भिर

तस्बिर : सीधाकुरा

डोल्पा । डोल्पा सदरमुकाम दुनै नजिक रहेको ठूलीभेरी नगरपालिका ३ स्थित मस्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा १६ जना नेपाली सेना घाइते भएका छन् ।

आइतबार दिउँसोदेखि लागेको आगलागीमा परी घाइते भएका १६ सैनिक मध्ये ४ जना गम्भिर घाइते भएका छन् ।भने १२ जना सामान्य घाईते भएका जनाइएको छ।

आइतबार लागेको आगो सोमबारसम्म पनि नियन्त्रणमा नआएपछि डोल्पाकै देविदत्त गुल्म भदालेचौर दुनैमा रहेका सैनिकहरू आगो नियन्त्रणमा खटिएका थिए । तर हावाहुरीले स्थित भयावह बन्दा उनीहरूलाई समेत आगोले पोलेको हो ।

गम्भीर घाइते हुनेहरूमा ३० वर्षीया प्युठ विजय कोइराला , वर्ष ३८ का जमदार केसर बहादुर जर्दा मगर , २३ वर्षका सिपाही अशिस बूढा र २८ वर्षीया सिपाही हेमन्त रावत रहेका जनाइएको छ । उनीहरूको उद्धार गरी जिल्ला अस्पताल दुनैमा उपचारका लागि लगिएको अवस्था गम्भिर भएका कारण थप उपचारका लागि नेपालगञ्ज लगिएको बताइएको छ । उनीहरूलाई हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको हो ।

उता आगलागी भने अझै नियन्त्रणमा आउन सकेको छैन । सेनाको ब्यारेक क्षेत्रको फोहोर जलाउने क्रममा आगो जङ्गलमा सल्किएको बताइएको छ ।

Share