फ्रेण्डसिप कप : नेपाल गुजरातसँग खेल्दै, जित हात पारे एक खेल अगावै फाइनलमा

तस्बिर : साजन लामिछाने/ क्यान

कैलाली । एसएमएस फ्रेण्डसिप कप अन्तर्गत आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतीय क्लब गुजरातसँग तेस्रो आफ्नो तेस्रो टी २० खेल खेल्दै छ ।

यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो ।

हालसम्म खेलेका खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको नेपालले मंगलवार बरोडालाई २७ रनले पराजित गरेको थियो । दुई खेलमै अपराजित नेपाल आज पनि जित निकाल्ने पक्षमा रहेको छ ।

आजको खेलमा जित हात पारे एक खेल अगावै फाइनलमा पुग्ने छ ।

खेल दिउँसो पौने ३ बजेबाट सुरु हुने खेल तालिका रहेको छ ।

Share