कैलाली । कैलाली जिल्लाको लम्कीचुहामा सोमबार राति चक्कु प्रहार हुँदा दुई जना युवा घाइते भएका छन् ।
नगरपालिकाको वडा नं १, मालिका टोल नजिक दुई समुहबीच झडप हुँदा खुकुरी प्रहार भएको हो । आज राती ९ बजे तिर युवाहरूको दुई समूह बीच विवाद हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ ।
चक्कु प्रहारबाट विवेक खड्का र मुकेश चौधरी घाइते भएका पनि प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरूको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ ।













