अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन जना घाइते, सबैको पहिचान खुल्यो 

तस्बिर : रासस

अछाम । सोमबार बिहान अछामको षोडशाबाट साँफेबगरतर्फ गैरहेको ट्याक्टर मेल्लेख गाउँपालिका दुर्घटना भयो । ट्याक्टर दुर्घटनामा परि पाँच जनाको ज्यान गएको छ ।

ज्यान गुमाउने सबैको पहिचान खुलेको छ ।  ज्यान गुमाउनेम मेल्लेख-१, का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, डीएसपी सन्तोष पाठकले जानकारी दिएका छन् । 

मेल्लेख-७ नन्देगडाको सुयडीमा भएको उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइते हुनेमा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी रहेका प्रहरीले जनाएको छ । 

मृतक र घाइते एउटै वडाका बासिन्दाहरू रहेका पनि पहर जानकारी दिएको छ । घाइते तीनैजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ ।

Share