कैलाली । संयुक्त दलित जनजागरण विकास मञ्चको आयोजनामा घोडाघोडीमा ५९ औ अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवस मनाइएको छ । आज मार्च २१ अर्थात अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । ‘जातिभेद रङ्गभेद विरुद्ध कारबाहीका लागि आवाज उठाऔं। आत्मसम्मान, सम्मानितका र सामाजिक न्याय सहितको समृद्धिका लागि प्रतिरोध गरौं।’ भन्ने मुल नारा सहित ५९ औ औ अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवस मनाइएको छ ।
आज घोडाघोडीमा संयुक्त दलित जनजागरण विकास मञ्चको आयोजनामा पनि अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवस मनाइएको हाे । घोडाघोडी नगरपालिका २ साडेपानीमा रहेको तिलाकर्णाली बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
संयुक्त दलित जनजागरण विकास मञ्चका अध्यक्ष बिनोद विश्वकर्माका सभापतित्व सुरुभएको कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य हरि श्रीपाली रहेका थिए । कार्यक्रम मा बोल्दै प्रमुख अतिथि श्रीपाइलीले विश्वमा जातीय बिभेदको अन्त्य भएको ५९ भएको छ तर अझै पनि छुवाछूतको अन्त्य हुन सकेको छैन उनले थप्दै भने जताततै जातीय विभेद तथा छुवाछुत भएको छ । त्यसको अन्त्यको लागि अझै हामिले आफ्नो तर्फबाट सबैले लाग्न पर्ने बताए, कानुनमा लेखिएपनी व्यवहारमा अझै लागू हुन नसक्नु, आफ्नो अधिकारको लागि सरकारलाई दबाब नदिनका कारण बनेका नियमले पनि कार्यान्वयन नहुनु, जातीय विभेद उन्मूलन नहुनुको मुख्य कारण रहेको बताए ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बोल्दै घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतले ‘नगरपालिकाले जातीय छुवाछूत तथा रङ्गभेद जस्ता बिभेदको अन्त्यको लागि आफूले इलाका प्रहरी कार्यालय सँगको सहकार्यमा विभिन्न स्कुल कलेजमा जनचेतना मूलक कार्यक्रम गर्दै आएको र अझै त्यस्ता कार्यक्रमको लागि नगर सरकारले सक्दो प्रयास गर्ने बताए ।’
संयुक्त दलित जनजागरण विकास मञ्चले ५९ औ अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक बिरेन्द्र वीर विश्वकर्मालाई सम्मान गरेको छ । दलित समुदायका सरकारका उच्चपदस्थ निकायमा थोरै मानिसको सहभागिता भएको त्यसमा पनि प्रहरी प्रशासनमा रहेका भएका कारण उनलाई खादा सहित सम्मान गरिएको हो ।
संयुक्त दलित जनजागरण विकास मञ्चका अध्यक्ष बिनोद विश्वकर्माका सभापतित्वमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य हरि श्रीपाली रहेका थिए भने विशिष्ट अतिथि मा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक बिरेन्द्र वीर विश्वकर्मा तथा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावत रहेका थिए । त्यस्तै नगरपालिका कार्यपालिका सदस्य, विभिन्न वार्डका जनप्रतिनिधि वार्ड सदस्यको उपस्थिति रहेको थियो ।












