एक सातापछि सञ्चालनमा आयो कर्णाली चिसापानी पुल

कैलाली । फागुन २८ गते लाइटर बोकेर गुडी रहेको गाडीमा पुलमाथि आगलागी भएपछि बन्द भएको कर्णाली चिसापानी पुल आजदेखि सञ्चालनमा आएको छ ।

सुदूरपश्चिमको प्रवेशद्वारका रूपमा रहेको उक्त पुलमा आगलागीबाट भएको क्षतिको परीक्षण गरेपछि पुल सोमबारबाट सञ्चालनमा आएको हो । नेपालगञ्जस्थित सडक डिभिजन कार्यालय इन्जिनियर नीरज शाक्यका अनुसार पुलको अवस्थाका बारेमा स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट आवागमन गर्न कुनै समस्या नहुने भएकाले यातायातका साधन सञ्चालनको अनुमति दिएको हो ।

पुलमा गुडिरहेको ट्रकमा लागेको आगो पुलका १४ वटा सहारा लट्ठामा लाग्दा केही क्षति भएको थियो। विज्ञ टोलीले पुलको स्थलगत निरीक्षण गरेको थियो। स्थलगत निरीक्षणपछि त्यस्तो कुनै खतरा नरहेको निष्कर्ष पछि पुलबाट आवागमन खुला गरिएको हो ।

Share