कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल आज बुधबार प्रतिनिधिसभामा विश्वासको मत मागे । सोही अनुरूप उनलाई प्रतिनिधि सभामा तेस्रो पटक पनि विश्वासको मत प्राप्त भएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भएका सांसदमध्ये १ सय ५७ सांसदले प्रधानमन्त्री प्रचण्डलाई यस सभामा उहाँ प्रति हाम्रो विश्वास छ भन्दै मत दिए दिएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा २ सय ६८ सांसद उपस्थित थिए । जसमध्ये १ सय १० सांसदले विप क्षमा मत दिए भने १ सांसद तटस्थ बसे ।
पुरानो सत्ता गठबन्धन भत्काएर नयाँ सत्ता गठबन्धनबाट सरकार विस्तार गरेका प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले आफ्नो समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनु परेको हो । यस अघि यही प्रतिनिधिसभा प्रधानमन्त्री प्रचण्डले दुई पटक विश्वासको मत पाइसकेका थिए ।
यस पटक उनलाई माओवादी, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका छन् ।
आफूलाई डाईनमिक नेताको रूपमा परिचित गराउने प्रचण्डले यसै प्रतिनिधि सभामा गत वर्ष पुस १० मा प्रधानमन्त्री भएपछि तेस्रो पटक पनि विश्वासको मत प्राप्त गरे ।













