लाइटर बोकेको ट्रकमा कर्णाली पुलमाथि एक्कासि आगलागी 

तस्बिर : सामाजिक सञ्जाल

कैलाली । सोमबार अपराह्न लाइटर बोकेर पूर्वबाट पश्चिम तर्फ आइरहेको ट्रकमा एक्कासि कर्णाली चिसापानी पुलमाथि आगो लागेको छ । उक्त ट्रकमा ग्यास पनि रहेको भन्ने सुनिएको प्रहरीले जनाएको छ ।  

आज अपराह्न दिउँसो पूर्वदेखि पश्चिमतर्फ लाइटर बोकेर आउँदै गरेको ना पा ख ५२९७ नम्बरको ट्रकमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलाली र बर्दिया जोड्ने कर्णाली चिसापानी पुल माथि एक्कासि आगो लागेको इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर हरीराम डाँगीले जानकारी दिए ।

प्रहरीका अनुसार ट्रकको आगोको लप्काले पुलको तार (लठ्ठा)मा लगाइएको प्लाष्टिकको कभर समेत जलेको छ ।

आगो नियन्त्रणका लागि लम्की–चुहा नगरपालिकाको दमकल र बर्दियाको दमकल पुगी सकेकाले केही बेरमै आगो नियन्त्रणमा लिने उनले जानकारी दिए ।

ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिसकेको पनि डाँगीले जानकारी दिए छ ।

आगो लाग्नुको कारण भने खुलेको छैन् । अहिले ठूलो सङ्ख्यामा प्रहरी र स्थानीय आगलागी भएको क्षेत्रमा जम्मा भएका छन् । विस्तृत जानकारी आइसकेको छैन् ।

Share